१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


रोल्पामा चट्याङ लागेर दुईजनाको मृत्यु


0
Shares

रोल्पा, बैशाख २५ । लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको बिहीबार चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको जनाइएको छ । घटना भएलगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो ।

शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताए । रासस