Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


‘लकडाउन’बाट वाग्मती प्रदेशका उद्योग, पर्यटनमा परेको असरको समीक्षा गर्न निर्देशन


0
Shares

हेटौंडा, वैशाख २५ । वाग्मती प्रदेशअन्तर्गत्को उद्योग, पर्यटन तथा वातावरण समितिले ‘लकडाउन’बाट वाग्मती प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमा परेको असरको समीक्षा गर्न प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयलाइ निर्देशन दिएको छ ।

समितिका सभापति रमा आलेमगरले उद्योगहरुलाई ब्याज छुट दिने वा ब्याज तिर्न समय दिने, पुनर्कर्जाको व्यवस्था गर्ने, कृषिजन्य र ५० लाखसम्मका उद्योगहरुलाई पाँच वर्षसम्म कर तथा मूल्य अभिवृद्धि कर छुट गर्ने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आन्तरिक भ्रमण प्याकेज घोषणा गर्ने, श्रमिकहरुको अभिलेख राख्न स्थायी अभिलेखको व्यवस्था गर्नेलगायतका १४ बुँदे निर्णय भएको बताइन् ।