१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


श्रम मन्त्रालयबाट साढे १४ लाख कोरोना कोषमा


0
Shares

काठमाडौं, बैशाख २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ ।

मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ । रासस