जुम्लामा पावर हाउस भाँसिदा एकै परिवारका ३ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


जुम्लामा पावर हाउस भाँसिदा एकै परिवारका ३ जनाको मृत्यु


884
Shares

काठमाडौं । जुम्लामा लघु जलविद्युत आयोजनाको पावर हाउस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिएर चौकीदार गोरक बहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सुर्य रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

बिहीबार राति चौकीदार गोरक गाउँतिर गएको बेलामा ठूलो पानी परेको र कुलोमा घाँस दाउरा जम्मा भएर रोकिएको पानी वेगले बग्दा घर भासिएको बताइएको छ । साेही घटना राति साँढे २ बजे भएकाे भएपनि स्थानीयबासीले भने बिहान ४ बजे मात्र थाहा पाएका थिए ।