१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अष्ट्रेलिया गएको नेपाल एयरलाइन्सको जहाज साँझ ६ बजे काठमाडौं अवतरण गर्ने


0
Shares

काठमाडौं, बैशाख २५ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौं फर्किएको छ ।

स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौं अवतरण गरेको विमानस्थलका महाप्रबन्धक केसीले बताए ।

त्यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ ।

दुवै वाइड बडी जहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए । रासस