
काठमाडौं, बैशाख २५ । सम्पूर्ण देश लकडाउको अवस्थामा रहेपनि जल तथा मौसम विज्ञान विभागले आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गरिरहेको छ ।
नागरिक उड्डयन सङ्गठन मापदण्डबमोजिम हवाई मौसम तथा दैनिक मौसम पूर्वानुमान, चेतावनी, सूचना तथा जानकारीहरु पूर्ववत नै प्रदान गरिरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए ।
उनका अनुसार यस प्रकारको विशिष्ट कार्यका लागि कोरोना भाइरस सङ्क्रमणको जोखिमका बाबजुद पनि नियमितरूपमा घर र कार्यलय आउने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको मौसम पूर्वानुमान महाशाखाले परिचालन शुल्करहित २४सै घण्टा कार्यसम्दान तथा सेवा प्रदान गरिरहेको छ । विपद्बाट हुने जनधनको क्षति न्यूनीकारणमा जल तथा बाढी पूर्वानुमान सेवाको पनि उल्लेखनीय भूमिका रहेको छ ।
पूर्वानुमानको आधार भनेको अवलोकन हो । देशभर रहेको सिनप तथा एशोसिनप केन्द्रहरुको लकाडाउनको अवस्थामा समेत प्रत्येक तीन घण्टामा मौसम अवलोकन गर्ने कार्यलाई नियमितता दिँदै आएका छन् । त्यसैगरी जल विज्ञान र सेडिमेन्ट केन्द्रहरुमा जलमापन तथा सेडिमेन्टसम्बन्धी कार्यहरुलाई निरन्तरता दिँदै आइरहेको विभागले छ ।
अहिले चट्याङ र हावाहुरीको समय हो । एक महिनापश्चात नेपाला मनसुन शुरु हनेछ र सो अवधिमा बाढी र पहिरोको जोखिम पनि उत्तिकै हुने गर्दछ । त्यसैले यस विभागको चट्याङ सञ्जाल तथा जल–मौसम केन्द्रहरुको मर्मत गरी दुरुस्त राख्न लकडाउनको अवधिमा समेत फिल्डमा कर्मचारी खटिइरहेको बताइएको छ ।
आव २०७७÷७८ को वार्षिक कार्य योजना तयार गर्न ताल्लुक मन्त्रालय, अर्थ मन्त्रालयलगायतसँग छलफल गर्ने कार्यलाई हालको लकडाउनको अवस्थानमा समेत घर तथा कार्यालयमा रही नियमित कार्य सम्पादन भइरहेको विभागले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्