Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


निर्वाचित भएकाे दुई महिनामै डडेल्धुराका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


3.2k
Shares

डडेल्धुरा । निर्वाचित भएको दुई महिनामै जिल्लाका एक वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट परशुराम नगरपालिका–९ बाट विजयी भएका देवबहादुर बोहराविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दामा पुनरावेदन उजुरी दर्ता भएको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ को ऐन ३६ बमोजिम उनलाई निलम्बित गर्न जिल्ला निर्वाचन कार्यालयले परशुराम नगरपालिकालाई आवश्यक कार्यान्वयनका लागि भन्दै पत्र पठाएको छ ।

मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा अन्तिम किनारा नलागे सम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सो बमोजिम कार्यान्वयन गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्रलाई जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित निकायमा पत्र पठाएको छ ।