Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


नेपालमा जन्मेकाले नेपाली नागरिकता पाउनुपर्छ : सांसद रिजाल


533
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरूलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नत्ति नहुने दाबी गर्नुभयो ।

सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताउनुभयो ।

साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भने मानिसहरू पर्खिएर बसेको उहाँको भनाइ छ । रिजालले अहिलेको नागरिकता विधेयकले नै सबै समस्या समाधान नगर्ने पनि बताउनुभयो ।

सांसद रिजालले नेपाली नागरिकलाई नागरिकता लिनबाट बन्चित हुनुपर्ने अवस्थाको अब अन्त्य गर्नुपर्ने बताउनुभयो ।