काठमाडौं, वैशाख २५ । थानकोटमा डिजेल तथा सवारी चालकहरुलाई मास्क, पञ्जा, स्यानिटाइजरलगायतका सामग्री वितरण गरिएको छ ।
भारतबाट नेपाल भित्रने डिजेल तथा पेट्रोल ट्यांकर चालकहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै ट्यांकर चालक संघको अगुवाइमा यी सामग्री वितरण गरिएको हो ।
ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले ट्यांकर चालकहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी थानकोटमा २९० जना र विराटनगर, रक्सौल र बैरेनीमा ३४० जना पेट्रोल ट्यांकर चालकलाई स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।




प्रतिक्रिया दिनुहोस्