१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


शिकारीको पासोमा परी घाइते


0
Shares

राँझा, बैशाख २५ । बाँकेको कोहलपुरस्थित सामुदायिक वनमा शिकारीले थापेको पासोमा परी एक जना गम्भीर घाइते भएका छन् । 

कोहलपुर नगरपालिका –७, लखनाका ठाकुर थारु गए राति चोर शिकारीले थापेको पासोमा परी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार गोठ बनाउनका लागि स्थानीय मितेरी सामुदायिक वनमा काठ काट्न चार जनासहित पुगेका थारु चोर शिकारीले थापेको एकनाले बन्दूकको पासोमा परेका हुन् ।

पासो थापेको बन्दुक पड्किँदा थारुको पुठ छेडिएको छ । घाइते थारुको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामुदायिक वनमा रहेका मृग मार्न  शिकारीले बन्दूकको पासो थापेको हुन सक्ने प्रहरीको अनुमान छ । रासस