Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य द्रुत गतिमा अघि बढाइने


130
Shares

काठमाडौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने निर्णय गरेको छ ।

समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, मन्त्रालयका सचिव डा. दामोदार रेग्मी लगायतले फाप्ला मैदान निमार्ण कार्य द्रुत गतिमा अघि बढाउने निर्णय गरेको हो ।

सुदूरपश्चिम बासीले लामो समयदेखि देखेको फाप्लामा रंगशाला बनाउने सपना साकार हुन लागेको भन्दै केन्द्रीय र स्थानीय सरकार तथा आम जनतालाई आवश्यक सहयोग गर्न अध्यक्ष शाहीले आग्रह गर्नुभयो ।

बैठकमा युवा तथा खेलकुद मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम सुदूरपश्चिमको मात्रै नभई देशकै विकासको कोशेढुंगा रहेकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखि निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।