१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


युभेन्ट्सका फरवार्ड पाउलो डिबाला कोराना मुक्त


0
Shares

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबाला कोराना भाईरसबाट मुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो एक महिनाबाट उपचार गराइरहेका फरवार्ड डिबालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि उनको चौंथो रिर्पोट भने पोजेटीभ आएको थियो । अर्जेन्टिनाका २६ वर्षे फरवार्ड डिबालालाई गत मार्च २१ मा कोरोना संक्रमण भएको थियो ।

युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडी र डिफेन्डर डानिली रुगानी यस अघि नै कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

कोरोनाको कारण इटालीमा खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।