३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


लकडाउनका कारण करोडौं मूल्यको माछा पोखरीमै थन्किए


0
Shares

सर्लाही । लकडाउनका कारण करोडौं मूल्यको माछा पोखरीमै थन्किएका छन् ।

व्यापारी किन्न नआएपछि ईश्वरपुर नगरपालिका–३ भक्तिपुर गाउँमा मात्रै करोडौंका माछा पोखरीमै थन्किएको स्थानीय माछा किसान तेजनारायण सहनीले बताए ।

गर्मी मौसममा दैनिक ३० क्विन्टलसम्म माछा बिक्री हुने भएपनि अहिले माछा बिक्रि हुन सकेको छैन ।

भक्तिपुरमा ४ सयभन्दा बढी व्यवसायिक माछापालन हुंदै आएको छ ।