बारा । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाममा स्थानीय तहको सक्रियता कम देखिएको छ ।
सबै सीमा नाकामा स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी रहेको वडास्तरीय निगरानी समिति गठन गरिए पनि प्रभावकारी काम हुन नसक्दा भारतबाट लुकिछिपी मानिसहरु आइरहेका छन् ।
कलैया, जितपुर लगायतका ग्रामीण बजारहरु खाद्यान्न र तरकारीको बहानामा खुल्ने हुँदा भीड बढेर संक्रमणको जोखिम बढदै गएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले निगरानी समितिलाई सक्रिय बनाउन लागिरहेको बताए ।
बाराका सिमावर्ती सिम्रोनगढ र जितपुर बजारका दुई जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने १ सय ४७ जना क्वारेन्टाइनमा छन् ।








प्रतिक्रिया दिनुहोस्