Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६ औं वार्षिकोत्सव मनायो


26
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १५ वर्ष पार गरेर १६ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धिको उत्सव” भन्ने मूल नाराका साथ १६ औं वार्षिकोत्सवकोे अवसरमा १६ वर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनुहुने ग्राहक महानुभावहरू, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थाहरूमा हार्दिक धन्यवाद समेतब्यक्त गरेकाे छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आगामी दिनहरूमा अझ सुदृढ सेवा र सुविधा दिंदै ग्राहक जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता समेत गरेको छ ।

सिटी एक्सप्रेसले रेमिट्रान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्दै आएकाे छ ।

कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएकाे छ ।