
नयाँ दिल्ली, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर भएको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले जनाएको छ ।
बुधबार साँझ सो अस्पतालले बाजपेयीको स्वास्थ्य अवस्था पछिल्लो २४ घण्टामा निकै गम्भीर देखिएको जनाएको हो । उनी विगत ९ हप्तादेखि सोही अस्पतालमा उपचाररत छन् ।
बाजपेयीलाई जीवन रक्षक प्रणालीमा राखिएको अस्पतालले जनाएको छ ।
बुधबार राति नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित केही मन्त्रीहरु अस्पताल पुगेर बाजपेयीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
बाजपेयी भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको संस्थापकमध्येका एक हुन् । ९३ वर्षीय बाजपेयी तीन पटक भारतको प्रधानमन्त्री भइसकेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्