३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


कोरोनापीडित देशमा ‘एनआरएनए’कोे आर्थिक सहयोग


0
Shares

काठमाडौं, वैशाख २४ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘कोभिड—१९’ पीडित विभिन्न देशमा आर्थिक सहयोग गरेको छ ।

संघका महासचिव डा. हेमराज शर्माकाअनुसार कोभिड–१९ बाट बढी प्रभावित देशमध्ये थप पाँच देशका लागि संघले आर्थिक सहयोग गरेको हो ।

संघले दोस्रो चरणको सहयोग न्तर्गत् बहराइन, स्पेन पोर्चुगल, इटाली र माल्टालाई कुल २३ हजार अमेरिकी डलर सहयोग गरेको जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोभिड–१९ बाट २७ देशमा पाँच हजार २४७ गैरआवासीय नेपाली संक्रमित हुँदा ७३ जनाको मृत्यु भएको छ ।