Logo १२ माघ २०८२, सोमबार | Tue Jan 27 2026


नबिल र बङ्गलादेश बैंकबीच एकीकृत कारोबार सुरु


858
Shares

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई एकीकृत कारोबार सुरु भएको छ ।

दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेसँगै बङ्गलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ ।

दुई बैंकको एकीकृत कारोबार सुरु गरेको अवसरमा आयोजित समारोहमा समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत दृष्टिगत गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यस्तो कदम चालेको बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताउनुभयो ।

उहाँले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने हुँदा स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

मुख्य सचिव बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र श्रीलङ्काको जस्तो नरहे पनि सचेत र चनाखो भने हुनुपर्ने पनि बताउनुभयो । दुवै बैंकलाई राष्ट्र बैंकले यही असार १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।