३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


एभरेस्ट बैंक र एफवान सफ्टबीच सम्झौता


0
Shares

काठमाडौं, वैशाख २४ । एभरेस्ट बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।

सम्झौतासँगै अब एभरेस्ट बैंकको मोबाइल एप ‘ईबीएल टच’मा नयाँ सुविधा थपिएका छन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे ।

अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको यस एपमार्फत् ग्राहकहरुले ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिल भुक्तानी, अनलाइन टिकेटिङका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी गर्नसक्ने जनाइएको छ ।