Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


वाग्मतीमा बजेट अधिवेशनको तयारी सुरु


0
Shares

हेटौंडा, वैशाख २४ । वागमती प्रदेशको प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशनको तयारी सुरु भएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहनेगरी अधिवेशन सञ्चालनको तयारी भइरहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

कोरोनाको संक्रमणलाई ध्यानमा राखी प्रदेश सदस्यहरुबीच सामाजिक दूरी कायम हुनेगरी बैठककक्षभित्र टेबल, कुर्सी र माइकको व्यवस्था भइरहेको उनले जानकारी दिए ।

सचिव खड्काले अधिवेशन अवधिभर प्रदेशसभा सदस्यहरुलाई मूल प्रवेशद्वारदेखि ह्यान्ड स्यानिटाइजर प्रयोग गराइ मास्क, ग्लोभ्स लगाउन दिने र थर्मल गनबाट तापक्रम नाप्ने व्यवस्था गरिने बताए ।