३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


पथलैया–वीरगन्ज व्यापारिक मार्ग ६ लेन सडक निर्माणको काम सुचारु


0
Shares

बारा, वैशाख २४ । राष्ट्रिय गौरवको आयोजना पथलैया–वीरगन्ज व्यापारिक मार्ग ६ लेन सडक निर्माणको काम पुनः सुरु भएको छ ।

कोरोना संक्रमणबाट बच्न समाजिक दूरी कायम गर्दै सडकको काम सुचारु गरिएको हो ।

पछिल्लो समय ‘लकडाउन’का कारण सडक निर्माणको काम रोकिएको थियो ।

दुई वर्षभित्र बाटो विस्तारको सम्पूर्ण काम सक्ने गरी आयोजना र निर्माण कम्पनीबीच २०७३ असार मसान्तमा सम्झौता भएपनि चार वर्ष पुग्दा पनि आयोजना सकिएको छैन ।

आयोजनाका प्रवक्ता विवेक झाले तीनओटा पुल र सडकको काम सुरु भएको जानकारी दिए ।

आयोजनाले पथलैयादेखि गन्डकचोकसम्म ६ लेनको बाटो विस्तारका लागि साढे चारदेखि पौने ६ किलोमिटरका दरले सातओटा कम्पनीलाई जिम्मा दिएको छ ।

पटक–पटक म्याद थपिएपनि निर्माण कम्पनीको लापरबाहीले सडकको काम नसकिएको हो ।