संखुवासभा, वैशाख २४ । संखुवासभाको खाँदबारी नगरपालिकाले घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।
ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायतलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
वृद्ध–वृद्धाहरुलाई बिहान–बेलुकीको छाक टार्नसमेत समस्या भएको गुनासो आएपछि नगरपालिकाले घरमै पुगेरै सामाजिक भत्ता वितरण गरेको हो ।
‘लकडाउन’ले कार्यालयसम्म आउनै समस्या भएपछि सहजताका लागि घरमै पुगेर सामाजिक भत्ता वितरण गरिएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले बताए ।
खाँदबारी नगरपालिकामा चार हजार ९६१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भत्तामा दुई करोड ५४ लाख ६० हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्