१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


धनुषको पहिलो हलिउड फिल्म ‘द ग्रे म्यान’ को फस्टलुक्स सार्वजनिक


7.15k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुषद्वारा अभिनित पहिलो हलिउड फिल्म ‘द ग्रे म्यान’ को फस्टलुक्स सार्वजनिक भएको छ । फस्टलुक्समा धनुषको एक्सन अवतार देखाइएको छ ।

यसको पहिलो स्क्रिनिङ लस एन्जलसमा भएको हो । रिभ्युमा धनुषको जसरी प्रशंसा भइरहेको छ त्यसबाट भारतीय फ्यानहरू धेरै खुसी भएका छन् । धनुष आफैंले फिल्मको पहिलो लुक्स सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

योसँगै उनले पोस्टमा फिल्मको रिलिज मितिबारे पनि जानकारी दिएका छन् । फिल्म ‘द ग्रे म्यान’ जुलाई २२ मा नेटफ्लिक्समा रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि फिल्मले आगामी साउन १ गते आइतबार अमेरिकामा मिडियाका लागि विशेष स्क्रिनिङ राखेको छ ।

प्रख्यात हलिउड समालोचक कोर्टनी होवार्डले ‘द ग्रे म्यान’ हेरेपछि ट्विटरमा आफ्नो समीक्षा साझा गरेकी छिन् । यस फिल्ममा धनुषको रोल छोटो भएतापनि दमदार रहेको उनले बताएकी छिन् ।

नेटफ्लिक्सले पनि फिल्मबाट धनुषको फर्स्टलुक्स सार्वजनिक गरेको छ । धनुषको यो तस्बिरमा धेरै फ्यानले कमेन्ट गर्दै यो भारतीय सिनेमाका लागि गर्वको क्षण भएको बताएका छन् ।