२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नामिबियासँग नेपाल पराजित


65
Shares

काठमाडौं । विश्वकप लिग ‘टू’ क्रिकेटको खेलमा नेपाललाई नामिबियाले ४० रनले पराजित गरेको छ ।

स्कटल्याण्डमा सोमबार राति भएको खेलमा नामिबियाले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रन मात्रै जोड्यो ।

नेपालका आरिफ शेखले अविजित रहदै ५० रन जोडेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । नेपालको लागि देव खनालले ३४ रन जोड्दा कुसल भुर्तेलले २७ रन जोडे ।

नामिबियाका बेर्नार्ड, जान फ्राईलिन्च्क र डाभिड वेइसले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, डिभान ला ककले ४१, कप्तान गेर्हार्ड एरास्मुसले २२, क्रेग विलियम्सले २१ तथा लो हान्ड्री र डाभिड वाइसले समान १८/१८ रन बनाए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ तथा सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

स्कटल्याण्डमा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा पराजित भएसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । १६ खेलबाट १६ अंक जोडेको नामिबिया पाँचौं स्थानमा उक्लिएको छ ।

श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले भोलि बुधबार आयोजक स्कटल्याण्डको सामना गर्नेछ ।