Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


म्यान्चेस्टर युनाईटेडले खेलाडीहरुलाई इंग्ल्याण्ड बोलायो, छिट्टै प्रशिक्षण सुरु गर्ने तयारी


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर क्लब म्यान्चेष्टर युनाईटेडले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्याण्ड फर्कन आग्रह गरेको छ ।

क्लबले निकट भविष्यमै नियमित अभ्यास थाल्ने भएकोले घरमै सेल्फ आइसोलेसनमा रहेका खेलाडीलाई इंग्ल्याण्ड फर्कन आग्रह गरेका हो ।

सरकारले सामाजिक दुरी कायम राख्न निर्देशन दिएपछि गत मार्चमा युनाईटेडले पनि अन्य क्लबहरुले जस्तै आफ्ना सबै गतिविधि बन्द गर्दै खेलाडीहरुलाई इंग्ल्याण्ड छाड्न अनुमति दिएको थियो ।

अब भने इंग्ल्याण्डमा बिस्तारै खेलकुदका गतिविधि सुचारु हुने सम्भावना देखिएपछि म्यानयूले खेलाडीलाई फर्कन आग्रह गरेको हो ।

युनाईटेडले पहिलो टिमको अभ्यास सुरु गर्ने मिति टुङ्गो नलगाएपनि खेलाडीहरुलाई एक हप्ताभित्र इंग्ल्याण्ड फर्कन भनेको छ ।

सरकारको सुझाव अनुसार अभ्यास मिति तय गरिने बताइएको छ । प्रिमियर लिग कहिलेबाट सुचारु हुन्छ भन्ने टुंगो नलागेपनि केही क्लबहरुले प्रशिक्षण थालिसकेका छन् ।