काठमाडौं, साउन ३० । बुधबार पनि पुँजीबजारमा दोहोरो अंकको सुधार आयो ।
अघिल्लो दिन ६ अंकले बढेको सेयरबजार परिसूचक नेप्से यसदिन करिब २९ अंकले बढेर १२ सय ९ विन्दुमा पुग्यो ।
यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आएपछि नेप्से बढेको हो ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च २०५ अंकले बढ्यो ।
यस्तै, जीवनबिमा समूह १२९ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि २४ अंकको सुधार आयो ।
यसदिन १६५ कम्पनीका १० लाख ७९ हजार कित्ता सेयर ३६ करोड ४१ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्