३० असार २०८२, सोमबार | Tue Jul 15 2025


कोरोनाका कारण अमेरिकामा २४ घण्टामै दुई हजार भन्दा बढीको मृत्यु, लकडाउन मोडालिटीबारे चर्को विवाद


0
Shares

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अमेरिकामा मात्र मृत्यु हुनेको संख्या ७२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार भन्दा बढीको मृत्यु भएको छ ।

विश्वव्यापी रुपमा कोरोनका कारण मृत्यु हुनेको संख्या करिब २ लाख ५८ हजारको हाराहारीमा पुगेको छ भने ३७ लाख २३ हजार पाँच सय भन्दा बढी प्रभावित भएका छन् ।

त्यसैगरी करिब १२ लाख ४० हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा विश्वव्यापी रुपमा एक चौथाइ भन्दा बढी प्रभाव अमेरिकामा परेको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्याकअनुसार संक्रमणको दर विश्वव्यापी रुपमा अमेरिकामा सबैभन्दा बढी रहेको छ ।

विश्वका कतिपय देशले लकडाउन गरेपनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भन्द अमेरिकाले लकडाउन नगर्दा कोरोनाको संक्रमण फैलिएको आरोप लगाइएको छ ।

विभिन्न संघीय राज्यहरुले लकडाउन खोलेर जनजीवन सामान्य बनाउनुपर्ने धारणा राखेपनि स्वास्थ्य अधिकारीहरुले सरकारी तयारीको विरोध गरेका छन् ।

उनीहरुले लकडाउन खुकुलो पार्दा कोरोनाको संक्रमण थप भयावह हुन सक्ने चेतावनीसमेत दिएका छन् ।

लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा अमेरिकी सरकारी अधिकारीहरुबीच मतभेद हुँदै आएको छ ।

यसैबीच अमेरिकी विशेषज्ञहरुले कोरोना भाइरसको जिवाणु मानव नर्मित भएको दावी गरेका छन् ।

तर विश्व स्वास्थ्य संगठनले यसअघि नै कोरोना भाइरसको जिवाणु प्राकृतिक भएको स्पष्ट पारिसकेको छ । (एजेन्सी)