
काठमाडौं, बैशाख २३ । कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले मुख्य ५ बुदामा निर्णयहरु गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले सो निर्णयहरु गरेको हो ।
सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई स्यानीटाईजर गर्ने, विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै दुरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने, संघीय संसदका सबै माननीय सदस्यहरु र कर्मचारीहरुको ‘पि सि आर’ विधिबाट कोरोना परिक्षण गर्ने,
संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पुर्व तयारी गर्ने, संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने लगायतका निर्णयहरु भएका छन् ।
प्रतिक्रिया दिनुहोस्