३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


हुम्लामा किट अभाव हुदा कोरोना परीक्षण रोकियो


0
Shares

सिमकोट, बैशाख २३ । हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागत्रिकलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोकिएको छ ।

जिल्लाका सात स्थानीय तहमध्ये तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरिएको छ । अन्य ६ स्थानीय तहमा किट नहुँदा ठूलो संख्याका जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएकालाई परीक्षण गर्न किटको अभाव हुँदा कोरोना भाइरस परीक्षण रोकिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार कार्यालयसँग भएका सबै किटहरु सकिएका छन् । किट अभावमा परीक्षणको काम रोकिएको हो ।

प्रदेश सरकारले पहिलो पटक पठाएका किट सबै सकिएपछि परीक्षणमा समस्या निम्तिएको छ । जिल्लाका सबै स्थानीय तहमा किट अभाव भएपछि कर्णाली प्रदेश सरकारसँग माग गरिएको प्रमुख सिंहले जानकारी दिए ।

यही वैशाख १८ गतेयता हुम्लामा पैदल मार्गबाट ७७४ जना र हवाई मार्गबाट ४८० जना हुम्ला भित्रिएका छन् । उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी  कोरोना भाइरस संक्रमण परीक्षण गर्नुपर्ने भए पनि किटको अभाव भएपछि स्वास्थ्यकर्मी नै अन्योलमा छन् । रासस