
काठमाडौं, वैशाख २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७६ चैत मसान्तसम्मको ५० प्रतिशत पारिश्रमिक तत्काल दिन होटल संघ नेपाललाई आग्रह गरेको छ ।
‘लकडाउन’को समयमा सबै मानवीय पक्षलाई समेत विचार गरी तत्काल पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको हो ।
होटल संघले लकडाउनका कारण आम्दानी हुन नसकेको भन्दै आफ्ना कर्मचारीहरुलाई १२.५ प्रतिशतमात्रै तलब भुक्तानी गर्ने निर्णय गरेको थियो ।
यता, नेपाल सरकारले तत्कालका लागि ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने र ५० प्रतिशत लकडाउनपश्चात् तिर्नसक्ने निर्णय गरेको थियो ।
मन्त्रालयले सरकारको निर्णयबमोजिम व्यवस्था गर्न सम्पूर्ण होटल व्यवसायीहरुको ध्यानाकर्षण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्