
काठमाडौं, बैशाख २३ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म ३६ लाख ६५ हजार ४ सय बढी संक्रमित भएका छन् ।
संक्रमित मध्ये २ लाख ५२ हजार ९ सय बढीको मृत्यु भएको छ । १२ लाख ६ हजार ३ सय ४४ जना उपचार पछि निको भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १२ लाख १३ हजार बढी संक्रमित हुँदा ६९ हजार ९ सय २५ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ४८ हजार बढी संक्रमित हुंदा २५ हजार४ सयको मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ९ हुंदा मृतकको संख्या २९ हजार ७ ९ नाघेको छ । बेलायतमा १ लाख ९० हजार बढी कोरोना संक्रमित र २८ हजार ७ मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ६९ हजार बढी संक्रमित मध्ये मृत्यु हुनेको संख्या २५ हजार २ सय नाघेको छ । यस्तै जर्मनीमा १ लाख ६६ हजार १ सय ९९ संक्रमित र ६ हजार ९ सय बढीको मृत्यु भएको छ ।
भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ४६ हजार संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ५ सय ७१ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या २१ हजार बढी छ भने ४ सय ८६ कोे मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्