काठमाडौं, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुन लागेको बिम्स्टेक सम्मेलनलाई सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बिम्स्टेक सम्मेलनको तयारीकाबारेमा भएको छलफलमा उनले यसबाट नेपालले फाइदा लिन सक्नुपर्ने भन्दै सम्मेलनलाई सफल बनाउन आग्रह गरे ।
बैठकमा सहभागी मन्त्रीहरुले सो सम्मेलन कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा आ–आफ्नो सुझाव दिएको जनाइएको छ ।
आउँदो भदौ १४ र १५ गते बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा हुँदैछ ।
बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सन् १९९७ जुन ६ मा स्थापना भएको थियो ।









प्रतिक्रिया दिनुहोस्