३० असार २०८२, सोमबार | Tue Jul 15 2025


अमेरिकामा कोरोनाबाट मर्नेको संख्या दैनिक तीन हजारसम्म पुग्नसक्ने अनुमान


0
Shares

काठमाडौं, वैशाख २३ । अमेरिकामा आगामी जुन महिनासम्म प्रतिदिन कोरोनाबाट मर्नेको संख्या तीन हजारसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको संघीय इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीले तयार पारेको प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो ।

यी तथ्यांकका आधारमा मृत्युदर अझै थप हुने अनुमान गरिएको छ ।

अमेरिकाका विभिन्न राज्यले ‘लकडाउन’लाई विस्तारै छुट दिँदै गर्दा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।

अमेरिकामा अहिले कुल ११ लाख ८० हजार मानिस कोरोना संक्रमित रहेका छन् भने ६९ हजारको मृत्यु भइसकेको छ । (एजेन्सी)