
काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
आज (आइतबार) बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्यतादेखि पूर्ण रुपमा बदली रहेकाे छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएकाे छ। देशको पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र बाँकी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्