काठमाडौं, साउन ३० । नेपालका तीन ठूला ट्रेड युनियन महासंघले स्थानीय तहमा श्रमिक प्रमाणीकरण गरी पञ्जीकरण गर्न माग गरेका छन् ।
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले राजधानीमा गरेको राष्ट्रिय सम्मेलनबाट ७ बुँदे निष्कर्ष निकाल्दै यस्तो माग गरिएको हो ।
स्थानीय तहमा श्रमिक, रोजगारदाता र सरकारबीच त्रिपक्षीय श्रमसम्बन्धी समिति निर्माण तत्काल गर्नसमेत उनीहरुले माग गरेको छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनमा जोड दिँदै महासंघहरुले श्रम प्रशासनलाई नियमित र सामाजिक संवादको अभ्यास थाल्नसमेत माग गरेका छन् ।
अन्तर्राष्ट्रिय महासंघमा नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ आवद्ध रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्