१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


रुपन्देहीमा महिला र पुरुषले एकैपटक गरे आत्महत्या


0
Shares

खस्यौली, बैशाख २३ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक मंगलबार आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् ।

श्रेष्ठका श्रीमती र छोरा तथा खड्काका श्रीमान् र  छोरा रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

दुवै बुटवलमा बस्दै आएका थिए । रासस