मल्टिस्टारर फिल्म ‘लाखे’ को टिजर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


मल्टिस्टारर फिल्म ‘लाखे’ को टिजर सार्वजनिक


364
Shares

काठमाडौं । मल्टिस्टारर फिल्म ‘लाखे’ को टिजर सार्वजनिक गरिएकाे छ ।

केही समयअघि सार्वजनिक फस्टलुक पोस्टरबाटै चर्चा बटुलेकाे फिल्मको करिब सवा एक मिनेट लामो टिजर सार्वजनिक भएकाे हाे ।

भदौ ३१ गते प्रदर्शन हुने ‘लाखे’ को टिजरबाट फिल्म सस्पेन्स र थ्रीलले भरिएको आँकलन गर्न सकिन्छ ।

सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीकाे अभिनय छ ।

गणेश मल्ल ठकुरी (जिएम)को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, सम्वाद आकाश बरालले लेखेका हुन् ।

दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्वन्द्व निर्देशन र दीलिप पन्तको प्रोडक्शन डिजाइन रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

निर्देशक सम्राटले ‘लाखे’ हर प्रकारले उत्कृष्ट भरपुर मनोरञ्जक फिल्म बनेको बताए ।