
काठमाडौं । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका भारतीय श्रमिकहरुले स्वदेश फर्कन माग गरेका छन् ।
मंगलबार लैनचौरस्थित भारतीय राजदुतावास पुगेर उनीहरुले स्वदेश फर्कन माग गरेका हुन् ।
आफुहरु भारतीय नागरिक भएका कारण नेपाल सरकारले गर्ने राहत वितरणमा आफुहरु समेटिन नसकेको उनीहरुको भनाई छ ।
कामविहिन हुंँदा भोकै बस्नुपर्ने अवस्था आएको उनीहरुको दुखेसो छ ।
भारतको दिल्ली, पश्चिम बङ्गाललगायतका ठाउँबाट रोजगारीका लागि काठमाडौ आएका करिब २५ सय भारतीय श्रमिकहरु घर फर्कने प्रतिक्षामा छन् ।
प्रतिक्रिया दिनुहोस्