Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


इलाममा बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न सुरु


0
Shares

इलाम । देउमाई नगरपालिकाले विभिन्न स्थानबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न सुरु गरेको छ ।

हालसम्म भानुभक्त माध्यमिक विद्यालयमा १९ जना र जितपुरमा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा बस्नेहरुको दैनिक दुई पटक चेकजाँच गर्ने गरेको नगरपालिकाका सूचना अधिकारी गोपाल बाँस्तोलाले जानकारी दिए ।

क्वारेन्टाइनमा इन्टरनेट र टेलिभिजनसमेत व्यवस्था गरिएको छ । भारतसँग सिमा जोडिएकाले पनि इलाममा उच्च सतर्कता अपनाइएको छ ।