Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


उच्च अदालतकी न्यायाधीश रेणुका साह बर्खास्त


429
Shares

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ ।

न्याय परिषद्को शुक्रबारको बैठकले २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्द बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुनुहुन्छ । उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानून व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो ।