
एजेन्सी । जर्मनीको शीर्ष डिभिजनको दुई लिगका १० जनामा कोरोना संक्रमण देखिएको छ ।
जर्मन फुटबल लिगले हिजो शीर्ष दुई डिभिजन आबद्ध खेलाडी र कर्मचारीहरु गरि १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
१७ सय २४ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पोजिटिभ देखिएको लिगले जनाएको छ ।
यसै साता शीर्ष डिभिजनको क्लब कोलोनसँग आबद्ध ३ जनालाई कोरोना देखिएको थियो । कोरोनाको कारण जर्मन लिग स्थगित गरिएको छ ।
जर्मन फुटबलले यसै महिनाबाट लिग सुचारु गर्ने तयारी गरिएको छ । क्लबहरुले समूहमा प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षण पूर्व परीक्षण भएको हो ।
प्रतिक्रिया दिनुहोस्