सुर्खेत, वैशाख २२ । कर्णाली प्रदेशमा कीट अभावका कारण कोरोनाभाइरसको परीक्षण प्रभावित बनेको छ ।
थ्रोट स्वाबको नमुना संकलन र ‘प्रोसेसिङ’ गर्ने सामान सकिएपछि केही दिनपहिले जडान गरिएका आरटी पीसीआर मेसिन थन्किएका हुन् ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आरटी पीसीआर मेसिन सुचारु हुन सकेको छैन ।
गत मंगलबार प्रतिष्ठानले ‘कोभिड–१९’ को परीक्षण गर्नको लागि आरटी पीसीआर मेसिन जडान गरेको थियो ।
जुम्लामै पीसीआर विधिबाट परीक्षण गर्न प्रतिष्ठानले २७ लाखमा आरटी पीसीआर मेसिन खरिद गरेको हो ।
प्रयोगशाला सुचारु नहुँदा अहिले जुम्लामा कोरोना शंकास्पद व्यक्तिहरूको सुरुमा ‘र्यापिड टेस्ट’ गर्ने र थप शंकास्पद भए ‘पीसीआर’ जाँचको लागि सुर्खेत पठाउने गरिएको छ ।
यता, प्रदेश अस्पताल सुर्खेतमा पनि कीट अभावका कारण परीक्षण प्रभावित भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता जोशी भण्डारीले जानकारी दिइन् ।








प्रतिक्रिया दिनुहोस्