
एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘काली’ को पोस्टरलाई लिएर ५ दिनदेखि विवाद चलिरहेको छ ।
यसैबीच फिल्म निर्देशक लीना मणिमेकले सामाजिक सञ्जालमा अर्को विवादास्पद पोस्ट गरेकी छन् । उनले बिहिबार गरेको उक्त पोस्टमा शिव पार्वतीले चुरोट खाइरहेको देखिन्छ । उनले पोस्टर पोस्ट गर्दै लेखेकी छन, ‘देश सबैभन्दा ठूलो लोकतन्त्रबाट घृणित मेसिन बनेको छ । मानिसहरू मलाई आलोचित गर्न चाहन्छन् । मैले अहिले कतै सुरक्षित महसुस गरिरहेको छैन् ।’
निर्देशक लीनाको सामाजिक सञ्जालमा पोस्ट आउनासाथ भाजपा (भारतीय जनाता पार्टी) का नेता र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गर्दै लीनाको आलोचना पनि गरेका छन् । आलोचकहरूले लीनाले धार्मिक भावनालाई भड्काएको आरोप पनि लगाएका छन् ।
धेरैले यसरी आलोचना गरेपछि लीनाले सामाजिक सञ्जाल मार्फत भनेकी छन्, ‘यी आलोचनाहरू मेरो कलात्मक स्वतन्त्रता पछिका हुन् । यदि मैले यी विवेकहीन दक्षिणपन्थीहरुको डरले आफ्नो स्वतन्त्रता त्यागे भने यसले अरुको स्वतन्त्रता पनि खोस्नेछ ।’लीनाको यस्तो भनाइप्रति भाजपाका विधायक अग्निमित्रा पपले टिप्पणी गर्दै लेखेका छन् – ‘यो बंगालको कला हो, जसलाई हामी बहुरूपी भन्छौं । तर, तपाईले यसरी तस्वीर सार्वजनिक गरेर धार्मिक भावनालाई भड्काइरहनु भएको छ, त्यो ठीक होइन । हाम्रो धैर्यको परीक्षा नलिनुहोस हाम्रो धैर्यता कमजोर छैन् ।’
हालसम्म लीना विरुद्ध दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश र बिहार लगायतका ४ राज्यमा काली पोस्टरको विषयमा उजुरी दर्ता भएको छ । सबै उजुरीहरूमा लीना विरुद्ध कालीको पोस्टरबाट धार्मिक भावनामा चोट पु¥याएको आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्