Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न


156
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा बिहिबार सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ ।विशेष साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियूक्ती अनुमोदन गर्नुकासाथै प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गरेमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ । त्यसैगरी साधारण सभाले मूलतः नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र त्यसको लागि अन्य कुनै जीवन बीमासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्ककन गर्न परामर्शदाता, मूल्याङ्ककनकर्ता तथा लेखापरिक्षकहरु नियूक्त गर्ने लगायतका अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भन्ने बुँदाहरुलाई पनि अनुमोदन गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको छ ।