
-टेकराज अवस्थी/ ईमेज
डडेलधुरा । स्कुलमा पढाउने शिक्षक तरकारी खेतीबाट चिनिन्छन् भन्दा अपत्यारीलो लाग्न सक्छ ।
तर, डडेलधुराका एकजना शिक्षक जिल्लामा राम्रो शिक्षक भन्दा पनि राम्रो तरकारी कृषकको रुपमा चिनिन्छन् ।
डडेलधुराको अमरगढीका प्रकाश ऐर गणित र बिज्ञान बिषय पढाउने शिक्षक हुन् । गन्यापधुरा गाउँपालिकामा रहेको सरस्वती माध्यमिक बिद्यालय उनको कार्यथलो हो ।
तर, अहिले उनी डडेलधुरामा शिक्षकको रुपमा भन्दा पनि तरकारी कृषकको रुपमा चिनिन्छन् । पढाउने उनको काम भएपनि उनीलाई तरकारी खेतीमा रस भिजेको छ ।
उनले ६ घण्टा स्कुलमा बिद्यार्थीसंग बिताउँछन भने त्यसदेखि बाहेकको बिहान बेलुकीको समय तरकारी खेतीमा लगाउने गरेका छन् ।
जिल्लामा नमुना कृषको उपाधि पाएका उन्ले १५ रोपनी बारीमा आलु, रायो, बन्दा, खोर्सानी, गोलभेडा, साग काउली लगायत तरकारी लगाएका छन् । तरकारी खेतीले गर्दा उनको पाखोबारी अहिले पनि हराभरा देखिन्छ ।
तरकारी खेतीबाटै उनले वार्षिक २० लाख रुपैयाँ भन्दा बढीको आम्दानी गर्ने गरेका छन् भने नमुना र उत्कृष्ट कृषकको रुपमा थुर्पै पुरस्कारसमेत थापेका छन् ।
लामो समयदेखि तरकारी खेतीमा सम्लग्न हुदै आएका उनले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत आलु उत्पादनमा अग्रणी कृषक भएर कृषिकर्ममा लागेका छन ।
उनले उत्पादन गरेको बिऊ आलु प्रति केजी ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्