Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


बनबासामा नेपालीको बिचल्ली, सरकारले विभेद गरेको आरोप


0
Shares

दुर्गा उपाध्याय (ईमेज)

कञ्चनपुर, बैशाख २१ । भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुले सरकारले आफुहरुलाई विभेद गरेको आरोप लगाएका छन् ।

अन्य सीमा नाकामा क्वारेन्टाइनमा बसेका नेपालीलाई सरकारले घर फर्काएपनि आफूहरुको बारेमा कुनै चासो नदेखाएको उनीहरुको आरोप छ ।

लकडाउनका कारण अहिले हजारौंको संख्यामा नेपालीहरु भारतीय सीमानाकामा अलपत्र परेका छन् । उनीहरुमध्ये केहीलाई रुपन्देही, नेपालगंज, दार्चुलालगायतका नाकाबाट नेपाल ल्याइएको पनि छ ।

तर भारतको बनबासास्थित क्वारेन्टाइनमा बसेका नेपालीहरुले स्वदेश फर्कन नपाएपछि सरकारले आफूहरुलाई विभेद गरेको गुनासो छ ।

यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत निरिक्षण गरि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने शर्तमा नेपाल ल्याउने तयारी गरेपनि गृहमन्त्रालयले तत्कालका लागि उद्धार कार्य रोक्न निर्देशन दिएको थियो ।

सरकारले नेपाल भित्र्याउन पहल गरे तोकिएको मापदण्ड अनुसार आफूहरु क्वारेन्टाइनमा बस्न तयार रहेको उनीहरुको भनाई छ । बनबासामा क्वारेन्टाइनमा रहेका नेपाली

लकडाउनका कारण कञ्चनपुरमा झण्डै तीन सय बढी भारतीय नागरिक पनि अलपत्र परेका छन् । उनीहरु घर फर्किन चाहेपछि भारतीय पक्षले भने तत्काल उनीहरुलाई लैजान आनाकानी गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा लकडाउनका कारण दुबै देशको सहमतिपछि मात्रै नाकामा रहेकाहरुलाई आआफ्नो देश भित्र्याउन सकिने बताए ।

भारतको बनबासा र टनकपुरपस्थित क्वारेन्टाइनमा २ सय ५१ जना नेपाली छन् । उनीहरु एक महिनादेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका छन् ।