१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


भारतमा सिमेन्ट मिक्सरमा लुकी घर फर्कने १८ जना पक्रउ


0
Shares

काठमाडौं, बैशाख २१ । लकडाउनका कारण विभिन्न मुलुकमा फसेका भारतीय मजदुरहरुले घर फर्कन विभिन्न जुक्ति निकाल्न थालेको पाइएको छ ।

यसै क्रममा मध्य प्रदेशको इन्दौरमा सिमेन्ट मिक्सरमा लुकेर आएका १८ जना भारतीय मजदुर प्रहरीको फन्दामा परेका छन् ।

महाराष्ट्रबाट लखनउ जाने क्रममा मध्य प्रदेश प्रहरीलाई शंका लागि सिमेन्ट मिक्सर चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिइएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । भारतमा हालै प्रवासी मजदुरहरुको लागि घर फर्कन रेल र बसको व्यवस्था गरे पनि उनीहरु भने लुकेर आएको भारतीय अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)