Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


मौद्रिक नीतिले आन्तरिक उत्पादनमा जोड दिने


39
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन बढाउने मौद्रिक नीति ल्याउने तयारी गर्दौगर्दा निजी क्षेत्रले भने आयात प्रतिबन्ध होइन, व्यवस्थापन गर्न माग गरेको छ ।

मंगलबार नेपाल व्यवस्थापन संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आन्तरिक उत्पादन वृद्धिमा जोड दिने बताए ।

आन्तरिक उत्पादन बढाउने गरी नीति आउने भन्दै उनले विदेशी मुद्रालाई उत्पादनमूलक क्षेत्रमा नलगाउने हो भने आयातमा नै भर पर्नुपर्ने अवस्था आउने पनि बताए । हाल आयातमा उच्च वृद्धि हुँदा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ ।

गभर्नर अधिकारीले ब्याजदरको घटबढ हुनेतर्फ संकेत गर्दै कुनै क्षेत्रलाई ब्याज बढी पर्न सक्ने भन्दै सो अवस्थामा सहनुको विकल्प नरहेको पनि बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।