भारतको अनुदानमा महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


भारतको अनुदानमा महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स


260
Shares

सोलुखुम्बु । विगतका वर्षहरुमा डोको र स्ट्रेचरलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएका सोलुखुम्बुको अति दुर्गम महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स पुगेपछि स्थानीय हर्षित भएका छन् ।

भारत सरकारको अनुदान सहायतामा महाकुलुङमा एम्बुलेन्स पुगेपछि उपचारमा सहज हुने भन्दै स्थानीयमा खुशी छाएको छ ।

पहिले डोको र स्ट्रेचरमा बिरामी बोकेर उपचारका लागि लैजानुपर्ने अवस्था भोग्दै आएका स्थानीय एम्बुलेन्स आउँदा खुशी छन् । नवनिर्वाचित गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुलुङको पहलमा एम्बुलेन्स प्राप्त भएको हो ।

अध्यक्ष कुलुङले जनताको स्थास्थ्य सबैभन्दा महत्वपूर्ण भएकाले आफ्नो पहिलो प्राथमिकता पालिकाबासीलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउन एम्बुलेन्स ल्याउन पहल गरेको बताउनुभयो ।