रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो


4.641k
Shares

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार थप तीन जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा बा ३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो ।

अहिलेसम्म मृतकको पहिचान खुलेको छैन । अहिलेसम्म उद्धारमै लागेकाले सनाखत हुन नसकेको र सनाखतका लागि आफन्तलाई बोलाइएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।